खिदिममा पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा अग्नि पिडीतलाई राहत वितरण

डिआरजी सुमन
खिदिम, व्युरो रिपोर्ट । अर्घाखाँची डटकम् । पाणिनी गाँउपालिका वार्ड नं ३  खिदिमको हर्रावोट स्थित एक घरमा २०७७ पौष ०४ गते आगलागीवाट घरमापुर्णक्षति भएको परिवार लाई पाणिनी पर्यटन समाज अर्घाखाँची मार्फ़ततत्कालको लागी अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
मानवीय सेवा र पर्यटकीय विकासमा क्रियाशीलता जनाउदै आएको पर्यटनसमाजले पाणिनी गाँउ पालिकामा सामाजिक सेवामा निरन्तरता दिदै आएको छ। पाणिनी गाँउ पालिका वडा नं ३ खिदिमको हर्रावोट स्थित नारायणी अत्रिको ४वर्षिय नावालक छोरा को कारण आगलागी हुदा घर पुर्णरुपमा क्षति भएको हो ।
आगलागीमा वहुमुल्य विद्युतीय सामाग्री,गरगहना,नगद सहित घरभित्र रहेको सवैसामान जलेर नष्ट हुदा ७ लाख १० हजार को क्षति भएको आँकलन गरिएकोजानकारी घर परिवारले वताएको छ । आज पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम,उपाध्यक्ष धुर्व घिमिरे,सचिव केशव वन्जाडे,कोषाध्यक्षखिम वहादुर नेपाली,पत्रकार चोलनाथ पौडेल सहितको टिम पुगेर खाद्यान्नसामाग्री वितरण गरेको छ ।
तस्वीर- डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु