भोली सन्धिखर्कमा प्रचण्ड–नेपाल खेमाले भेला गर्दै, भेलालाई ओली पक्षले बिथोल्ने तयारी

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपाको प्रचण्ड–नेपाल खेमाले भोली आईतबार जिल्ला स्थरिय भेला गर्ने भएको छ । 
नेकपाको प्रचण्ड–नेपाल खेमाले भोली पौष १२ गते आईतबार जिल्ला स्थरिय भेला सन्धिखर्कको साथी होटेलमा गर्ने भएको हो । 
नेकपाको प्रचण्ड–नेपाल खेमाका नेता प्रेम नारायण गैरेले  अर्घाखाँचीडट्कमलाई बताए अनुसार “मदन आश्रित स्मृति भबन पार्टी कार्यालय हल सानो भएको भन्दै साथी होटेलमा गर्ने भएको छ ।”
भेलाको लागि पुरा तयारी भएको नेता गैरेले बताए । उनले भने; “निर्वाचन आयोगको फैसला पर्खिरहेका छौ । अबका बैठक भेला मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा हुन्छन् । कार्यालयको ताला मसँग पनि छ;  “हामी संस्थापन पक्ष हो, पार्टी कार्यालय स्वत संस्थापन पक्षको हुन्छ, उनले भने।”
भोलि आयोजना हुने प्रचण्ड–नेपाल खेमाको भेलालाई कार्यकर्ता भेलालाई ओली पक्षले बिथोल्ने तयारी गरेको छ । ओली पक्षका एक जिल्लाका नेताले भने; यहाँ नेकपा संस्थापन पक्ष हामी हौ, नेकपाको नाममा कुनै भेला गर्न पहिदैन, गर्न दिदैनौ।” जिल्लाभर ओली पक्षका नेता, कार्यकर्तासम्म रातदिन खटिएका छन् । प्रचण्ड–नेपाल खेमाको भेलामा सन्धिखर्क आउनेलाई रोक्न ओली पक्षले युवाहरु परिचालन गरिसकेको ति नेताले भने । 
यस्तै प्रचण्ड–नेपाल खेमाका नेता प्रेम नारायण गैरेले भने;  “नेकपाको भोलि पौष १२ गते सन्धिखर्कमा भेला बैठकको आयोजना गरिएको छ । यो कसैले रोक्न खोजेर रोकिदैन् ।”
उता प्रदेश सभा सदस्य तथा साविक नेकपा जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले अर्घाखाँचीमा नेकपाको कुनै बैठक, भेला आयाेजना नगरिएकाे र त्यो भेलामा कसैलाई पनि सहभागी नहुन चेतावनी दिएका छन् । उनले फेसबूक पोस्टमा लेखेका छन्; नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीकाे कुनै बैठक, भेला आयाेजना नगरिएकाे र पार्टी जिल्ला कार्यालयकाे आैपचारिक सुचना बिना भेला, बैठकमा उपस्थित नहुन सम्पुर्ण जिल्ला तथा मातहतका कमिटीका कमरेडहरूलाई हार्दिक अनुराेध गर्दछु। 
जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, जिवनारायण कोईराला, रामबहादुर चौहान, प्रेमनारायण गैरे, भेष बहादुर के.सी,  छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका छन् । उनिहरुले आफुहरुको बहुमत रहेको दावी गरेका हुन् ।
उता टोप बहादुर रायमाझी सहित चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी लगायतका नेताहरु ओली खेमामा रहेका छन्। साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। जसमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्। 
यस्तै  भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापा यतिबेला मौन छन् । उनिले अहिले कुनै पक्षमा नरहेको उल्लेख गरेका छन् । साथै पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम यतिबेला मौन छिन् ।