डिभर्नामा जालकाडा बोयर ब्रिडिंग हर्ड तथा पशुपालन कृषिको प्रथम बार्षिक साधारण सभा तथा अबिधेशन सम्पन्न

प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ डिभर्नामा जालकाडा बोयर ब्रिडिंग हर्ड तथा पशुपालन कृषि सहकारी सस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा तथा अबिधेशन आज सम्पन्न भएको छ । 
साधारण सभाको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकले सहकारीको माध्यमबाट स्वरोजगार बनी आय आर्जन बृद्धि गर्न सबैलाई आग्रह गर्नु भयो । सहकारीको माध्यमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताउनु भयो । 
बोयर बाख्राको हबको रुपमा चिनिएको यस स्थानमा रहेको जालकाडा बाख्रापालन समुहलाई सहकारीमा परिणत गरिएको हो । सहकारीमा २ सय ७५ जना शेयर सदस्य रहेका छन् । सशकारी भित्र ११ सय भन्दा बढी बोयर बोका रहेका सहकारीका अध्यक्ष गोपाल बस्यालले बताउनु भयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका ११ का वडा अध्यक्ष ध्रुबराज आचार्य, पैचो पशल गुल्मीका म्यानेजिंग डाइरेक्टर धु्रबराज न्यौपाने, कृषि ज्ञान केन्द्रका प्रमुख राम मिलन प्रसाद विक, कृषि विकास बैंकका शाखा प्रमुख चिरञ्जिवी बस्याल, नेपाल बैंक लिमिटेडका शाखा प्रमुख कुलराज घिमिरे , वडा सदस्य नरेन्द्र आचार्य, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै बोयर बाख्राको हबको रुपमा चिनिएको सहकारीलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए । 
सहकारीका अध्यक्ष गोपाल बस्यालको अध्यक्षता,  पुस्करनाथ आचार्यको सञ्चालन र रेशौराज आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको सहकारीको उद्धाटन समारोहमा सचिव यम बहादुर पाण्डेले सांगठनिक प्रतिवेदन र टोमलाल आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अन्य समाचारहरु