बाँगीमा विभिन्न पाटी परित्याग गरी २० जना कांग्रेसमा प्रवेश

कमला पोख्रेल 
बाँगी, अर्घाखाँची ११ पुस । अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नम्वर ५ बाँगीमा विभिन्न पाटी परित्याग गरी २० जना आज नेपाली कांग्रेसमा प्रबेस गरेका छन् । 
नेकपा र राजमोबाट प्रबेस गरेका २० जनालाई साधारण सदस्यता प्रदान गरी नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले नेपाली कांग्रेसमा प्रबेश गराउनु भएको हो । 
कार्यक्रममा मन्तब्य राख्दै सभापति मुस्कानले प्रधानमन्त्री ओलीले तानशाह लाद्न खोजेको बताउनु भएको छ । लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेस जस्तो सुकै कदम उठाउन पनि पछि नपर्ने उहाँको भनाई छ । 
प्रधानमन्त्री ओलीले संबिधान बिपरित संसद भंग गरेको बिरुद्धमा १३ गते सन्धिखर्कमा बिरोध प्रदर्शन गर्ने र उक्त विरोध सभामा सहभागी हुन सबैलाई कांग्रेस सभापति मुस्कानले आग्रह गर्नु भयो । 
कार्यक्रम नेपाली कांग्रेस बागीका सभापति मणिराम खनालको सभापतित्व र सचिव नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । नेकपाको गढ मानिएको बागीबाट केही दिन अघि पनि नेकपा र राष्ट्रिय जनमोर्चा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेस गरेका थिए ।