अर्घाखाँची डट कम संवाददाता
अर्घाखाँची
हिन्दु धर्म रक्षा परिषद नेपाल अन्तरगत हिन्दु जागरण स्यमसेवक को भुमिकास्थान नगरपालिका स्तरिय नगर कार्य समिति को आज एक कार्यक्रम का बिच गठन भएको छ।
जय गोपाल श्रेष्ठ को अध्यक्षता गठित सो कार्य समिति मा प्रथम र द्वितीय उपाध्यक्ष क्रमश माधव खनाल र सुधिर नेपाली रहनुभएको छ।साथै सचिव ,सह-सचिव र कोषाध्यक्षमा क्रमश:ज्ञान प्रसाद श्रेष्ठ ,कृष्ण प्रसाद पौडेल र श्याम बहादुर थापा चयन हुनु भएको छ।
कार्यक्रम का प्रमुख अतिथि हिन्दु धर्म रक्षा परिषद नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनाल ले सनातन देखि चल्दै आएको हिन्दु धर्म लाई नष्ट गर्न षड्यन्त्र भईरहेको र हिन्दु धर्म प्रति भईरहेको प्रहार लाई निस्तेज पार्न आम हिन्दु धर्म प्रति आस्थावान नेपाली युवाहरु एकजुट भई हिन्दु धर्मको रक्षाको लागि कटिबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नु भयो।
कार्यक्रम मा हिन्दु धर्म रक्षा परिषद नेपाल का केन्द्रिय कोषाध्यक्ष राजकुमार श्रेष्ठ लगायत हिन्दु जागरण युवा स्वयमसेवक अर्घाखाँची का सदस्य हरु बावुराम श्रेष्ठ ,बावुराम खत्रि,युवराज थापा,शालिकराम चुदालि,यज्ञ प्रसाद पराजुली र कुशल बस्याल को समेत उपस्थित रहेको थियो।
कार्यक्रम को अध्यक्षता हिन्दु जागरण युवा स्वयमसेवक जिल्ला समिति अर्घाखाँची का अध्यक्ष नारायण बहादुर खड्का र कार्यक्रम सञ्चालन उपाध्यक्ष आतिष किरण बिक ले गर्नुभएको थियो ।