अर्घाखाँची विधुत कार्यालयको प्रमुखमा डिभर्नाका किरन खनाल आए, बिरमान रास्कोटीलाई विदाई

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको नयाँ प्रमुखमा किरन खनाल आएका छन् । 
खनाललाई आईतवार एक कार्यक्रम गरी विधुत प्राधिकरण अर्घाखाँची केन्द्रमा स्वागत गरिएको थियो । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका बुवा भुपाल खनालका छोरा किरन अर्घाखाँची बितरण केन्द्रका प्रमुखको रुपमा आएपछि जिल्लामा खुशी छाएको छ । स्वच्छ छविका मिहिनेती, इमान्दार किरन अर्घाखाँची बितरण केन्द्रका प्रमुखको रुपमा आएपछि बिद्धुत आपूर्तिमा पनि सहज नियमित हुने आशा पलाएको छ ।
साथै विधुत प्राधिकरण अर्घाखाँची केन्द्रको प्रमुख बिरमान रास्कोटी, साजन, बिष्णु,  बिनोद के.सीलाई सोही अवसरमा बिदाई गरिएको थियो । भने अर्घाखाँची केन्द्रमा आएका नयाँ प्रशासन  प्रमुख र  लेखा प्रमुखमा मित्र छबिलाललाई समेतको स्वागत गरिएको थियो ।  
यस अगाडि अर्घाखाँची बितरण केन्द्रका प्रमुख बिरमान रास्काेटी लकडाउनको अवधिमा पनि जोखिम उठाएर नियमित फिल्डमा खटिएका थिए ।
  
जिल्लामा विधुत आपूर्ति अनियमित भएको दोष, नकारात्मक प्रचारबाजी गरेता पनि विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति, अन्य प्राप्त  सुविधा पनि नभएको देखिन्छ । तरपनि यहाँका कर्मचारीहरु दिनरात  सेवामा खटिएका देखिन्छन् ।  
पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्‍न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम भईरहेका छन् ।