सन्धिखर्कमा प्रचण्ड–नेपाल खेमाको पत्रकार सम्मेलन सम्पन्न (जिल्ला स्तरीय भेलाका पारित प्रस्तावहरु सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको नेकपाको प्रचण्ड–नेपाल खेमाले सोमबार पत्रकार सम्मेलन गरेको छ । 
सन्धिखर्कमा नेकपाको प्रचण्ड–नेपाल खेमाले जिल्ला स्तरीय प्रशिक्षण भेलाबाट पारित प्रस्तावहरु सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन गरेको हो । 
सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेकपाका नेताहरु डिलाराम आचार्य, रामकुमारी झाक्री, सुसिला श्रिपाली, पिताम्बर भुसाल, ठाकुर कुमार बिक, यमुना भुसाल, छम कुमारी खनाल, जिबनारायण कोईराला,  प्रेमनारायण गैरे, कुलदिप भुसाल, भेष बहादुर के.सी,  सरोज भुसाल राजेन्द्रप्रसाद भुसाल, भबिश्वर पान्डे, रेसम थापा, नारायण खनाल, नारायण शर्मा, विशाल खड्का, ठाकुर सौराग, गोबिन्द भुसाल,  पत्रकार महासघका अध्यक्ष हिम लेकाली,  पत्रकार प्रदेस सदस्य असोक खनाल लगाएतका नेताहरु सहभागी थिए । 
हिजो सन्धिखर्कमा नेकपाको प्रचण्ड–नेपाल खेमाको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले पहिलो पटक जिल्ला स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको थियो । 
 उता जिल्लाभरबाट सन्धिखर्क आउन लागेका स्थानिय नेता कार्यकर्तालाई ओली पक्षले गाउँ गाउँमा अवरुद्द गरेका थिए । तरपनि भेलामा १५० जना बढीको उपस्थिती रहेको थियो ।     
नेकपा का केन्द्रिय कमिटी सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा  नेकपाकी केन्द्रिय सदस्य तथा अर्घाखाँचीकी सह इन्चार्ज शुशिला श्रीपाली, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्री, संबिधान सभा सदस्य डा. दुमन सिंह थापा, नेकपाका नेता तथा पुर्ब जिबिस सभापति पिताम्बर भुसाल, राज्य समितिका सदस्यहरु यमुना भुसाल , भक्त बहादुर पुन जलन, छम कुमारी खनाल, धर्मराज भुसाल, पिताम्बर सारु, प्रदेश सल्लाहकार सदस्य काश बहादुर गमाल नेकपाका नेता कुलदिप भुसाल, नेकपाका नेता जिबनारायण कोइराला  लगायतको उपस्थित रहेको थियो ।
भेलामा ६ वटै स्थानीय पालिका कमिटीबाट रिपोर्ट समेत प्रस्तुत गरिएको थियो जस अन्तर्गत भुमिकास्थान नगरपालिकाबाट नगर कमिटी सह इन्चार्ज ठाकुर कुमार सौराग आदर्श, शितगंगा नगरपालिकाको नगर इन्चार्ज बिष्णु गैरे बिबेक, छ्त्रदेब गाउँ कमिटी इन्चार्ज भबिस्यबर पान्डे, मालारानी गाउँकमिटी इन्चार्ज मान बहादुर पान्डे,  पाणिनि गाउँ कमिटी अध्यक्ष कमल प्रसाद घिमिरे र सन्धीखर्क नगर कमिटीबाट शरोज भुसाल तथा अर्घाखाँची काठमाडौं अर्घाखाँची सम्पर्क मंचका सल्लाहकार सदस्य राम प्रसाद बन्जाडेले आ-आफ्नो मंच तथा नगरकमिटीको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई नेता डिलाराम आचार्य, शुसिला श्रीपाली, रामकुमारी झाक्री, डा.दुमन थापा, पिताम्बर भुसाल भक्त बहादुर पुन जलन ,यमुना भुसाल पिताम्बर शारु  कुलदिप भुसाल लगायतका बक्ताहरुले प्रशिक्षण मुलक  मन्तव्य राखेका थिए ।
जिल्ला सचीव ठाकुर कुमार बिकको अध्यक्षतामा शुरु भएको  भेलालाई जिबनारायण कोइरालाले  स्वागत गरेका थिए भने राजेन्द्र भुसालको संचालनमा भेला सम्पन्न भएको थियो ।

अन्य समाचारहरु