दिपेन्द्र खत्री
अर्घातोष, अर्घाखाँची । हाल विश्वभरी फैलिरहेकाे कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ,जस्मा धेरै मानिसहरुले आफ्नाे जागिरवाट हात धाेएर बस्नु पर्ने बाध्यता छ।
वैदेशिक रोजगारमा जानै पर्ने एक जमानामाको लहर जस्तै यतिबेला गाउँका युवाहरु कृषि ब्यबसाय गर्नैपर्ने जसरी लाग्न थालेका छन् । अन्यत्र गरिने जागिर छाडेर युवाहरुको कृषि ब्यबसाय तिरको लहर उर्लदो छ ।
चार बर्ष देखि वैदेशिक राेजगारले बिदेश बस्दै आएका अर्घाखाँची जिल्लाको मालारानी गाँउपालीका वार्ड नः २ अर्घातोषका विवस काेईराला र उनका भाई सुनिल काेईरालाले आफ्नै जन्म भुमिमा केही गर्छु, यहाँका बासिन्दाकाे सेवा गर्छु भन्दै केही रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन र प्लास्टिक आईटम, फलफुल, खेलैना आईटम, बिक्रीवितरण ब्यबसायमा लागेका छन् ।
उनीहरु यतिबेला कुखुराको स्याहार-सुसारसंगै पसलमा ब्यस्त छन् । मालारानी गाउँपालीकाकाे कार्यालय खनदह बजारबाट करिब पाँच किलोमीटर दुरिमा र रिडि सुर्खेत सडक खण्ड अन्तरगत देउराली खनदह माेटरबाटाेकाे बिच सेन्टरमा डाँडाकटेरीमा रहेको न्यु काेईराला फ्रेस हाउस एण्ड कस्मेटिक पसल छ जहाँबाट सेबा दिईन्छ।
चिसाे महिना सुरु संगै नेपालमा बढ्दो मासुको मागलाई परिपुर्ति गर्न यहि पेशा उतम देखेर लागेकाे उनिहरु वताउछन्।स्थानीय तहले युवाहरूलाई कृषि क्षेत्रमा आक्रर्षण गर्न विभिन्न योजनाहरु ल्याएको भएतापनी उनले अहिलेसम्म कहिकतैबाट सरकारी सहयोग नपाएको बताउँछन् । उनले भने “स्थानीय तहले ल्याएको योजना असली कृषकसगं पुग्न सकेको छैन् । “ स्थानीय तहले असली कृषक पहिचान गरि त्यस्ता कृषकहरुलाई अनुदानको ब्यबस्था मिलाउन सके देशले बिकासको क्षेत्रमा फड्को मार्ने बताए।
कसैले वैदेशिक रोजगारबाट फर्केर त कसैले भएका जागिरनै छाडेर युवाहरु अहिले कृषि ब्यबसायमा आकर्षक बन्दै गएका हुन् । देशमा नयाँ संरचना जारीपछि स्थानीय तहले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने भनेपनि कृषि ब्यवसायतिर आकर्षक भएका युवाले स्थानीय तहकाे त्यो स्वाद चाख्न भने पाएका छैनन् ।