कमला पोख्रेल/अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा विपिको तस्विरमा माल्यार्पण गरी तथा अन्तरक्रिया कार्यक्रम गरी ४५ औ मेलमिलाप दिवस मनाएको छ ।
मेलमिलाप दिवसको अवसरमा पाटी भित्रका असन्तुस्ट नेता तथा कार्यक्रताहरुको खोजी गरी उनीहरुको घरमै पुगेर भेटघाट तथा छलफल गर्ने अभियान शुरु गरेको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कानले बताउनु भयो । पाटी भित्र रहेका नेता तथा कार्यक्रताहरुका भावना समेटी पाटीलाई एक ढिक्का बनाउन यस्तो अभियान सञ्चालन गरेका जिल्ला सभापति मुस्कानको भनाई छ ।
विपि स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, बिष्णु क्षेत्री, हेमन्त बेल्बासे, मणिराम परियार, महमद सफर लगायततका नेता तथा कार्यक्रताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानको सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तब्य र जिल्ला सदस्य कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।