धातिवाङमा स्वर्गीय वीर बहादुर नेपालीको नाममा प्रतीक्षालय शिलान्यास (भिडियो, फोटो सहित)


प्रदीप सुर्यवंशी
मैदान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं ६ धातिवाङ निवासी नेत्र बहादुरका १२ बर्षिय छोरा वीर वहादुर नेपाली दुबै मिर्गौला फेल भएपछि उपचारको क्रममा असामयिक निधन भएको थियो । 
आफ्नो छोराको लागी जीवित रहुनजेल सहयोग जुटाउन कस्ट भोग्ने काममा उहाँ धेरै ठाउमा पुग्नु भएपनि अपेक्षाकृत सहयोग जुटाउन नसक्दा उहाँको छोरालाई अकालमै गुमाउनु परेको थियो ।छोराको उपचारको लागि विभिन्न ठाउँबाट विभिन्न ब्यक्तिहरुले सहयोग गर्दै आउनु भएको थियो तर उपचार गर्दा गर्दै पनि वीर बहादुरलाई बचाउन सकिएको थिएन ।
छोराले अन्तिम स्वाँस लिएको ठाउ पात्लेखर्कमा विहीवार पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे,वडा नं ६ का वडा अध्यक्ष सुभ वहादुर सारु,पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनाम मार्फ़त प्रतीक्षालय सिलन्यास भएको छ । 
पाणिनी ५ पात्लेखर्कमा आयोजित औपचारिक कार्यक्रममा पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे,वडा नं ६ का वडा अध्यक्ष सुभ वहादुर सारुको प्रमुख आथित्यता,स्थानीय समाजसेवी,शिक्षक,स्वागत कर्मी,पत्रकारको आथित्यता रहेको कार्यक्रममा पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनामको अध्यक्षतामा सम्पन्न भएको छ ।
औपचारिक कार्यक्रममा स्वागत मन्तव्य नेत्र बहादुर नेपालीले गर्नुहुदै छोरालाई विभिन्न ठाउँबाट सहयोग हुँदाहुँदै पनि छोरालाई बचाउन सकिएन तर पनि छोराको नाममा उपचारको लागि भनेर सहयोग भई वची आएको चार हजार मात्र रहेको वताउदै केही पैसा अझै संकलन गरेर भएपनि एउटा स्वर्गीय छोराको नाममा प्रतीक्षालय बनाउने सोच बनाएको बताउनु भएको छ । 
छोराको उपचारको लागी अर्घाखाँची डट्कमको भरपुर सहयोग गरेको वताउनु भएको छ । यसैगरी राधाकृष्ण युवा क्लब उपल्लो अमजा, झुमादेबी युवा क्लब काफलवुटावाट गरिएको सहयोग र अन्य स्थानमा गरिएको सहयोग प्रति पनि धन्यवाद ज्ञापन गर्नु भएको छ । छोराको स्मरणमा प्रतीक्षालय बनाउन कोहि सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।
प्रमुख अथितीको तर्फवाट मन्तव्य दिदै दुवै वडा अध्यक्षहरुले विर वहादुर नेपालीलाई अथक प्रयास विच पनि वचाउन नसकेको प्रति दुख व्याक्त गर्नु भएको थियो । कार्यक्रममा पाणिनी गाँउ पालिका वडा नम्बर ५ वडा अध्यक्ष जिबलाल घिमिरे,वडा नम्बर ६ का वडा अध्यक्ष सुभ बहादुर सारु,पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनाम,उपाध्यक्ष धुर्व घिमिरे,शिक्षक हिमलाल पौडेल,अर्घाखाँची डटकम् कृषि संवाददाता चोलनाथ पौडेल, स्वतन्त्र पत्रकार संघका लुम्बिनी प्रदेश  सह सचिब प्रदीप सुर्यबंशी, अर्घाखाँची डट्कम ब्युरो प्रमुख  डिआरजी सुमन लगायत स्थानीय विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन पत्रकार डिआरजी सुमनले गर्नुभएको थियो ।
 
तस्वीर चोलनाथ पौडेल/अर्घाखाँचीडट्कम
 

अन्य समाचारहरु