ढिकुराको डेभामा श्री भगवती मावि५८ औँ वार्षिक उत्सव सम्पन्न (फोटो सहित)

सागर परियार
डेभा, अर्घाखाँची २०७७ पौष १७  । भुमिकास्थान नगरपालिका ९ ढिकुराको डेभामा रहेको श्री भगवती माध्यमिक विद्यालयकोे ५८ औँ वार्षिक उत्सव एवंम अभिभावक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएकोे छ । 
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले आफु यस विद्यालयको पुर्व शिक्षक समेत भएकोले यस विद्यालयको शैक्षिक तथा भौतिक गणस्तर बृद्धीको निम्ती आफ्नो पनि दायीत्व भएको ले आफ्नो  क्षेत्र बाट पहल गर्न आफुले कुनै पनि कसुर बाकी नराख्ने बताउनु भयो ।  त्यस्तै यो विद्यालयमा  पलस टु सन्चालनको लागी धेरै स्थानीय तथा बुद्धिजीवीहरुको माग भएको भन्दै नगरपालिकालाई ध्यानकर्षण समेत गराउनु भएको थियो । 
त्यस्तै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले विद्यालय चलाउने यहाँका अभिभावक तथा स्थानीय बुद्धीजीवीहरुको हातमा भएको हुदाँ यहाँहरुले उच्चमाध्यमिक विद्यालय चालाउन सक्छौ ।  भनेर मात्र आउनुस हामी स्वीकृति दीन तयार भएको बताउनु भयो ।  त्यस्तै अव भुमिकास्थान नगरपालिकाका १० वटै वडाहरुका विद्यालयहरुमा एक–एक वटा स्टाफ नर्सको ब्यवस्था भएकोले छनोटका सबै कामहरु सम्पन्न भैसकेको हुदा अव छिट्टै  विद्यायहरुमा खटाइने बताउनु भयो ।  
कार्यक्रममा विद्यालयका पुर्व जेहेन्दार विद्यार्थी स्व.सैलेश थापाको नाममा उहाका बुबा एवंम यसै विद्यालयका विद्यालय ब्यवस्थापन समितीका सदस्य एवम समाजसेवी ब्यक्तीत्व रुद्रविर थापाले आफ्नो छोराको नाममा  रु एक लाख बराबरको जेहेन्दार छात्रवृत्ति अक्षयकोष २०७७ स्थापनार्थ घोषण गर्नु भयो । सोहि  समारोहमा पुज्यनीय बुवा आमा स्व. तुलविर दलार्मी र स्व. भुमा दलार्मीको नाममा  जेहेन्दार छात्रवृत्ति अक्षयकोष २०७७ स्थापनार्थ रु ४१७२४÷–को चेक छोरा देउराली आधारभुत  विद्यालयका प्र.अ  डासिराम दर्लामीले विद्यालयलाई हस्तान्तरण गर्नु भएकोे थियो ।
त्यस्तै विद्यालयलाई पुर्व विद्यार्थी समाजले पनि रु एक लाख बराबरको सहयोग गर्ने गरि सहयोग संकलन कार्य भैरहेको अव छिट्टै सहयोग लिएर आउन लागेको पुर्व विद्यार्थी समाजका नारायण गैरेले बताउनु भयो । 
कार्यक्रममा भुनपाका उपप्रमुख खडानन्द बेल्वासे, शिक्षा अधिकृत तुवलाल सापकोटा ,वडा अध्यक्ष नारायण खनाल, विद्यालयका प्रअ कृष्ण खनाल, सम्पुर्ण आमन्त्रीत विद्यालयका प्रअहरु बाट डासिराम दर्लामी, पुर्व विद्यार्थीहरु बाट नारायण गैरे  लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम बि.ब्य.स अध्यक्ष नेत्र कुमारी सुनारको अध्यक्षता, शिक्षक पुनाराम भट्टराईको स्वागत  मन्तब्य र शिक्षक निर्मल पौडेलको  सन्चालनमा  सम्पन्न भएको थियो ।
कार्यक्रममा २०७६ सालको बार्षिक परिक्षा तथा २०७७ सालको प्रथम त्रैमासिक  परिक्षामा प्रथम, द्धितिय तृतिय हुने  कक्षा एक देखी दश सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।  त्यस्तै विद्यालयको अतिरिक्त कृयाकलापमा भाग लिइ प्रथम, द्धितिय तृतिय र सान्त्वना  हुने विद्यार्थीलाई पनि पुरस्कार, सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले उपस्थित सम्पुर्णलाई विविध सास्कृतिक कार्यक्रमहरु मनोरन्ञन समेत दिएका थिए ।