अर्घाखाँची प्रवेशद्वार पत्थरकोटमा ऊर्जामन्त्री टोप बहादुर रायमाझी स्वागत

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  ऊर्जा तथा सिँचाइमन्त्री टोप बहादुर रायमाझीलाई शनिबार गृहजिल्ला अर्घाखाँची जिल्लामा कार्यकर्ता र शुभेच्छुकद्वारा स्वागत गरिएको छ ।
पछिल्लोपटक मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री रायमाझीलाई विभिन्न स्थानमा भव्य स्वागत गरिएको हो । मन्त्री रायमाझीलाई अर्घाखाँची प्रवेशद्वार पत्थरकोटमा स्वागत गरिएको थियो ।
सोही क्रममा मन्त्री रायमाझी समक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका थिए।