अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । उर्जा मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( ओली पक्षिय )नेता टोपबहादुर रायामाझीलाई नरपानीमा स्वागत गरिएको छ । सन्धिखर्क बाट युवा कार्यकर्ताहरु मोटर साइकल र्याली सहित रायमाझिलाइ लिन नरपानी पुगेका थिए ।
नेकपा अर्घाखाँचीले आज सन्धिखर्का मदन आश्रीत स्मृति भवनमा पुर्ण बैठक आयोजना गरेको छ । उक्त बैठकमा सहभागी हुन आएका नेता रायमाझिलाइ पथरकोटमा पनि स्वागत गरिएको थियो ।
कडा सुरक्षा ब्यबस्थाका साथ आएका नेता रायमाझी लाई र्यालिका साथ सन्धिखर्कमा ल्याएर बजार परिक्रमा पछि पार्टी कार्यालयमा लगिएको थियो । नेकपा बैठक अहिले जारी छ ।