सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी, अर्घाखाँचीले चाैथाे पुर्ण बैठक आयोजना गरेको छ ।
ओली पक्षको नेकपा जिल्ला कमिटी अर्घाखाँचीले चाैथाे पुर्ण बैठक मदन आश्रित स्मृति भबन पार्टी कार्यालयमा आयोजना गरेको छ ।
चाैथाे पुर्ण बैठक स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका जलश्राेत, उर्जा तथा सिंचाई मन्त्री टाेप बहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा बसेको हो । बैठकमा जिल्ला कमिटी अध्यक्ष चेत नारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी लगायतका जिल्ला तहका नेताहरुको उपस्थिती रहेको छ ।
उता गत पौष १२ गते आईतबार नेकपाको प्रचण्ड–नेपाल खेमाले जिल्ला स्थरिय भेला सन्धिखर्कको साथी होटेलमा गरेको थियो ।
जिल्लामा डा. दुमन थापा, पुर्व जिविस सभापति पिताम्बर भुसाल, बेदुराम भुसाल, डिलाराम आचार्य, डा. विजय पौडेल, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, शितगंगाका उपमेयर टीका रेश्मी, पिताम्बर सारू, जिवनारायण कोईराला, रामबहादुर चौहान, प्रेमनारायण गैरे, भेष बहादुर के.सी, छमकुमारी खनाल लगायत नेकपाको प्रचण्ड–नेपाल खेमामा रहेका छन् । उनिहरुले आफुहरुको बहुमत रहेको दावी गरेका छन् ।
प्रचण्ड–नेपाल खेमाको अबरोध
उता प्रचण्ड–नेपाल खेमाले अर्घाखाँचीमा कुनै बैठक आयोजना नगरिएको र बैठक आधिकारिक नभएको बताएका छ । सविक नेकपाका जिल्ला सचिव ठाकुर कुमार विकले सुचना जरी गर्दै भनेका छन्;: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीकाे बैठक पुस १८ गते भनी गरिएकाे बैठक आधिकारिक नभएको र संसद विघटन गरि संघीय लाेकतान्त्रिक गणतन्त्रकाे घाटी निमठ्ने जस्तो प्रतिगमनकारी कदमलाई अस्वीकार गरि गणतन्त्रको रक्षाका लागि एक्यवद्धता जनाउन गुटगत वैठकमा सहभागी नहुन सादर अनुरोध गर्दछु ।