पालीमा पाणिनी पर्यटन समाज अर्घाखाँची मुखियाको घरमा सहयोग लिएर पुग्यो

डिआरजी सुमन
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम/ व्युरो रिपोर्ट) पाली ।  पाणिनी पर्यटन समाजअर्घाखाँचीद्धारा पाणिनी गाँउ पालिका वडा नं ०८ पालिका  मृतक मुखियाकोघरमा नगद सहित खाद्यान्न सामग्री वितरण गरिएको छ । 
पाणिनी गाँउ पालिकावडा नं ८ निवासी एक युवकको वलेघाट आधारभूत विद्यालयको काम गर्दैगर्दापौष ०७ गते आकस्मिक रुपमा स्कूल भवनको भित्ता भत्किदा माटोले च्यापिएरघटनास्थल मैं मृत्यु भएको थियो ।
दैनिक ज्याला मज्दुरी गर्दै दैनिक घर चलाउदै आएका मुखियाको घरको दयनियअवस्था छ । यतिवेला त्यो घरमा वर्ष २३ को मिना मुखिया,६ वर्षिय विन्दुमुखिया र ३ वर्षको आशिक़ा मुखिया घरमा हुनुहुन्छ । वर्ष २९ का ज्ञान वहादुर  मुखियाको वलेघाट आधारभूत विद्यालयमा भवन निर्माण को क्रममा २०७७ पौष०७ गते आकस्मिक रुपमा भवनको भित्ता भत्कि च्यापिदा घटनास्थल मैं मृत्युभएको थियो । 
पाणिनी पर्यटन समाज अर्घाखाँचीले यस घटनाको अवस्थामा केही राहतसंकलन गरी पाणिनी ०८ वडा अध्यक्ष मिनराज आंत्रेय,सदस्य कौशरअली,यावाज अली (मियाँ)लगायतका जनप्रतिनिधीको रोहवरमा पाणिनी पर्यटनसमाज का अध्यक्ष झविन सुनाम,उपाध्यक्ष धुव्रराज घिमिरे,सचिव केशववन्जाडे,सदस्य पुस्कर घिमिरे,पारस भट्टराई, दिपक जीसी, पम्फा विक, समाजसेवीगोपाल भट्टराई पत्रकार मिन वहादुर घिमिरे सहितको टोली घरमै पुगेर नगद तथाखाद्यान्न हस्तान्तरण गरिएको छ । तस्वीर मिन वहादुर घिमिरे/अर्घाखाँची डटकम्।

अन्य समाचारहरु