प्रेम नारायण आचार्य
पाेखराथाेक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिकामा आजबाट दुईवटा एम्बुलेन्स सञ्चालनमा आएका छन् ।
पाणिनी गाउँपालिकाकाे कार्यालय र लंकबहादुर केसीकाे संयुक्त लगानीमा सञ्चालनमा आएका एम्बुलेन्सकाे पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गाैतम, उपाध्यक्ष लक्ष्मि गाैतम, लंकबहादुर केसीका भाइ देविबहादुर केसीले संयुक्त रूपमा उद्वघाटन गर्नुभएको हाे ।
सुत्केरी महिलाहरूका लागि गाउँपालिकाभित्रका वर्थिङ सेन्टरमा लैजादाँ निशुल्क सेवा प्रदान गरिनेछ । वर्थिङ सेन्टरबाट सुत्केरी महिला पाल्पा तथा बुटवल लैजानुपरेमा आधा छुट हुने गाउँपालिका अध्यक्ष गाैतमले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाबासी हर्षित बनेका छन् । एम्बुलेन्स पाेखराथाेक र चिवेकमा रहनेछन् । दुर्गाफाटमा पाणिनि पर्यटन समाजले ल्याएकाे एम्बुलेन्स रहदै आएकाे छ । याेसँगै पाणिनी गाउँपालिकाभित्र ३ वटा एम्बुलेन्स सञ्चालनमा आएका छन् ।