सन्धिखर्कमा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न

२०७७ पौष १८, शनिबारमा प्रकासित

अशोक खनाल 

सन्धिखर्क, अर्घाखाँची  पौष १८ । अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं साधारण सभा सन्धीखर्क मा सम्पन्न भएको छ।

२०६३ साल मा स्थापित सन्धिखर्क नगरपालिका का सबै वाड कार्यक्षेत्र रहेको यस् संस्था मा कुल ५६४ जन सदस्य रहेका छन भने यस् को कुल चुक्ता शेयर पुजि रु.७३,३२,००० कुल बचत संकलन रु.४,७६,७९,१२७ छ कर्जा लगानी तर्फ ५,१७,३८,२५४ रहेको छ।मासिक रूपमा प्रती सदस्य रु.१/१ जम्मा गर्ने गरेको यस संस्था ले प्रत्येक साधारण सभामा ७० बर्ष पुगेका आफ्ना शेयर सदस्य लाई सम्मान गर्दै आइरहेको छ।भने प्रत्येक बर्ष एस इ इ परिक्षामा उत्कृष्ट जि पि ए ल्याउने शेयर सदस्य का छोरा छोरी हरु लाई सामुदायिक र संस्थागत बिध्यालय तर्फ का २/२ जना विद्यार्थी हरुलाइ प्रशम्सा पत्र तथा नगद पुरस्कार बितरण गर्दै आइ रहेको छ।

संस्था का अध्यक्ष दोण् प्रसाद भुसाल को अध्यक्षता मा सम्पन्न साधारण सभा मा संस्थाका सल्लाहकार सदस्य लिल बहादुर राउत क्षेत्री , चिरञ्जीवी बस्याल ऋण उपसमिति का संयोजक नेत भुसाल , धितो मुल्यांकन उप समिति का संयोजक राम बहादुर रायमाझी शिक्षा उपसमिति का संयोजक बलाराम मिश्र लगायत को उपस्थिति मा सम्पन्न साधारण सभाको संचालन संस्था का सचीव बिष्णु बस्याल ले गरेका थिए ।

अन्य समाचारहरु