भुमिकास्थान नगरपालिकामा लुम्विनी प्रदेश मै दोस्रो नागरिक आरोग्य सेवा केन्द्रको स्थापना

अशोक खनाल
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा लुम्विनी प्रदेश मै दोस्रो नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ ।
 
आधारभुत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा भुमिकास्थान नगरपालिकाको समन्वयमा उक्त सेवा केन्द्रको स्थापना गरिएको हो ।
उक्त सेवा केन्द्रको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले सोमबार एक कार्यक्रममाबिच समुद्धघाटन गरेका छन् । उक्त कार्यक्रममा नगर प्रमुख थापाले सो आरोग्य केन्द्रलाई ब्यवस्थित रुपमा सत्र्चालन गर्न सहयोग गर्ने प्रतिबद्वता जनाए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर उप-प्रमुख खडानन्द वेल्वासे, प्रमुख प्रशाकिय अधिकृत लिल बहादुर राउत क्षेत्री, वार्ड न ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नगरसभासदस्यहरु , नगरपालिकाका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल, भुनपा स्वास्थ्य शाखा प्रमुख हरि पन्थि , डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजङ्ग जनैदार, कम्प्यूटर अपरेटर शेषकान्त घिमिरे, वार्ड न ८ का वडा सचिव साधना प्रोख्रेल लगायत अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्जुन राज शर्माले गर्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बैद्य निरीक्षक पशुपति पन्थीले राखेका थिए भने कार्यक्रमको सञ्चालन कविराज निरीक्षक कमल प्रसाद आचार्यले गरेका थिए ।