अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगर कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
सन्धिखर्कको एभेष्ट होटेलमा प्रचण्ड–नेपाल पक्षको नेकपा सन्धिखर्क नगर कमिटीले आज मंगलबार विस्तारित बैठक आयोजना गरेको छ ।
यस्तै प्रशिक्षण कार्यक्रम सन्धिखर्क नगरका उपप्रमुख ठाकुर कुमार विक लगायतका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा १२ वटै वार्ड कमिटी सबै टोल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु तथा पार्टी संगठित सदस्यहरुको उपस्थिति रहेको थियो ।
साथै प्रचण्ड–नेपाल पक्षको आज जिल्लाभरका पालिकामा विस्तारित बैठक आयोजना गरेको छ ।
उता ओली खेमाको नेकपा सन्धिखर्क नगर कमिटीले हिजो सोमबार सन्धिखर्कको संगम फुड ल्याण्ड होटेलमा विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रम उर्जामन्त्री मन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा चन्द्रबहादुर खड्का , चेतनारायण आचार्य ,रामजी प्रसाद घिमिरे लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।