अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका वार्ड अध्यक्ष नारायण खड्कालाई कोरोना संक्रमण भएको छ ।
स्वास्थमा सामान्य समस्या देखापरेपछि पिसिआर चेक गराउदा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका वार्ड अध्यक्ष नारायण खड्कालाई कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
खड्काको स्वास्थ अवस्था सामान्य रहेको छ ।
उता डिभर्नाको वार्ड कार्यालय नियमित संचालनमा रहेको छ ।