अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेललाई कोरोना संक्रमण भएपछि पालिका कार्यालय बन्द भएको छ ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेललाई कोरोना संक्रमण भएपछि पालिका कार्यालयका सबै सेवा बन्द गरिएको हो ।
अध्यक्ष लेखनाथ पोख्रेललाई कोरोना संक्रमण भएपछि यहाँका सबै जनप्रतिनिधी र कर्मचारीहरुको पि .सि .आर परिक्षणका लागि नमुना संकलन गरी भैरहवा पठाइएको र रिपोर्ट नआउन्झेलसम्म कार्यालय बन्द रहने बताइएको छ ।
यस्तै पोख्रेलका संपर्कमा आएका सबै वार्डका प्रतिनिधिहरु आफ्नो बारेमा सतर्क रहेका र कार्यालय नगएका बताइएको छ ।
पालिका कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू अर्काे सुचना नहुदा सम्मकाे लागि बन्द रहने छत्रदेव गाउँपालिकाले डट्कमलाई जानकारी दियो ।
स्वास्थमा सामान्य समस्या देखापरेपछि पिसिआर चेक गराउदा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेललाई सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
पोख्रेलको स्वास्थमा थप समस्या परेपछि अहिले काठमाडौंको बिपि स्मृति अस्पताल बसुन्धारामा आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।