सन्धिखर्कमा विकलाङ्ग मित्र समुहको बार्षिक प्रगति समिक्षा तथा लेखाजोखा कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, पौष २२ अर्घाखाँची । अपाङ्ग भएका बालबालीकाहरुको उपचार र पुनर्स्थापनको क्षेत्रमा विकलाङ्ग मित्र समुहले उल्लेखनिय भुमिका निर्बाह गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र,सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा बुधवार सन्धिखर्कमा सम्पन्न बार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले दिगो बिकास लक्ष्य प्राप्तीको निम्ती संस्थाले गरेको कामको उच्च मुल्यांकन गर्नुपर्ने बताए । भुसालले अपांगता भएका बालबालीकाको उपचारमा संस्थाले अतुलनिय योगदान दिएको भन्दै राज्यले गर्नुपर्ने काम केन्द्रले गरेकोमा खुलेर प्रशंसा गरे । भुसालले जिल्लामा संस्थालाई निरन्तरता दिनुपर्ने, नभए केन्द्रसंग समन्वयगर्ने निकाएको स्थापना गर्नुपर्नेमा जोड पनि दिए ।
कार्यक्रममा भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापा,सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल,अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतम लगायतले शुभकामना मनतब्य राख्दै संस्थाको थप प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा अपाङ्ग भई उपचार गराई रहेका गणेश पन्थी र अभिभाब कृण्ण भुसालले आफु र आफ्ना छोराछोरीले नयाँ जिबन पाएको भन्दै उपचार र परामर्श कार्यमा सहयोग पु¥याउने विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताललाई मुक्तकण्ठले प्रसंशा समेत गरेका थिए ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रका हस्पीटल व्यवस्थापक प्रकाश यादबको अध्यक्षता, परीयोजनाका कर्मचारी नारायण खनालकोे स्वागत मनतब्य र रक्षा पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सक्षम परीयोजना अर्घाखाँचीका जिल्ला सुपरभाईजर लेखनाथ आचार्य र परीयोजना संयोजक हिराबहादुर केसीले सहजीकरण गरेका थिए ।
यसैबिच चार बर्षको अबधिमा परीयोजनाबाट जिल्लामा ३५५ जना बालबालीकाहरु प्रत्यक्षरुपमा लाभाम्बीत भएको परीयोजनाका जिल्ला सुपरभाईजर आचार्यले जानकारी दिए । जिल्लामा हाल सम्म १०७ जना बालबालीकाहरुको सल्यक्रिया गरीएको छ भने यो बर्ष मात्रै १९ जना बालबालीकाहरुको सल्यक्रिया गरीएको उनले बताए । यस्तै यो बर्ष ५७ जना बालबालीकासहीत ४३२ जना बालबालीकाहरुलाई सहायक सामाग्री बितरण गरीएको आचार्यले जानकारी दिए ।
विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्दले शारिरिक अपाङ्गता भएका बालबालिकाहरुको जिबनमा आबश्यक उपचार तथा पुनस्र्थापन सम्बन्धी बिबिध सेबाहरु प्रदान गर्दे आईरहेको छ ।