अर्घाखाँचीमा बुधवारसम्म कोरोना जित्नेको संख्या ७०१ जना, ५० जना सक्रिय संक्रमितहरु (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट आजसम्म  ७०१  जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३४०   जना, शितगंगा नगरपालिकामा १०३,     भूमिकास्थान नगरपालिकामा १२७, मालारानीमा ७८, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा ३४  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्लामा आजसम्म संक्रमितको संख्या ७६४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३६१ जना, शितगंगा नगरपालिकामा १०६,     भूमिकास्थान नगरपालिकामा १३२,  मालारानीमा ८४,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ४८ जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७०१  जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३४०   जना, शितगंगा नगरपालिकामा १०३,     भूमिकास्थान नगरपालिकामा १२७, मालारानीमा ७८, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा ३४  जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा  कोरोनाका कारण १३ जनाको निधन भएको छ । 
बुधवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ५० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।