वाशिङ्टन डीसीमा ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु

अमेरिकाको वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । संसद भवनमा भएको तोडफोडमा परी चार जनाको मृत्यु भएको हो । वाशिङ्टन डीसीका मेयर म्यूरियल बाउसरले पत्रकार सम्मेलन गर्दै चारजनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।
एक महिला जबरजस्ती कंग्रेस बैठकमा छिर्न लाग्दा प्रहरीले गोली चलाएको थियो । घाइते उनलाई अस्पताल लादाँलादै बाटोमै मृत्यु भएको हो । यस्तै अन्य दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । मेयरका अनुसार मेट्रो पुलिस विभागका १४ जना घाइते भएका छन् ।
संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् ।
तीन घण्टा संसद भवन नियन्त्रणमा लिएका उनीहरुले संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा पनि तोडफोड गरे । एजेन्सी