अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा कोरोना फैलिने त्रासले पालिकाका सबै वार्ड कार्यालय बन्द गरिएको छ ।
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जना वार्ड जनप्रतिनिधी, कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि पालिकाका सम्पूर्ण वार्ड कार्यालयका सेवा एक हप्ताको लागि बन्द भएको हो ।
गत मंगलवार अध्यक्ष लेखनाथ पोख्रेललाई कोरोना संक्रमण भएको थियो । यहाँका सबै जनप्रतिनिधी र कर्मचारीहरुको पि .सि .आर परिक्षणका लागि नमुना संकलन गरी भैरहवा पठाइएकोमा केही कर्मचारीको आज कोरोना रिपोर्ट पोजेटिम आएको छ । यस्तै यहाँका सामुदायिक विधालयहरु पनि माघ ३ गतेसम्मको लागि बन्द छन् ।
यस्तै पोख्रेल र कर्मचारीहरुको संपर्कमा आएका सबै वार्डका प्रतिनिधिहरु आफ्नो बारेमा सतर्क रहेका र कार्यालय नगएका बताइएको छ ।
पालिका कार्यालयबाट संचालन हुँदै आइरहेका सबै प्रकारका सेवाहरू एक हप्ता सम्मकाे लागि बन्द रहने छत्रदेव गाउँपालिकाले डट्कमलाई जानकारी दियो ।
स्वास्थमा सामान्य समस्या देखापरेपछि पिसिआर चेक गराउदा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेललाई सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
पोख्रेलको स्वास्थमा थप समस्या परेपछि अहिले काठमाडौंको बिपि स्मृति अस्पताल बसुन्धारामा आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।
लामो समय शुन्य संक्रमित रहेको यस गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमण बढेको छ ।