सागर पौडेल
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क, चुत्राबेसी बजारमा बाटो छेकेर गाडी पार्किङ गर्ने, सार्बजनिक बाटोमा सर-समान राख्ने ब्यापारीहरुलाई र गाडीहरुलाई केन्द्रित पारेर सम्झाई बुझाई अब न-राख्ने जस्ता सल्लाह सुझाब दिदै आएको जिल्ला प्रसासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र सन्धिखर्क नगरपालिकाले आज अटेर गरेर बजार एरियामा समान राख्ने करिब ५० ब्यापारीको सामान हटाइएको छ।
बजार एरियामा सामान राखेर ब्यापार गर्नाले सडक दुर्घटना दिनहुँ बढेकाले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले यस्तो निर्णय गरेको हो।
अब पनि अटेरी गरि सामान राखेको पाईएमा कानुन बमोजिम कारबाही गर्ने प्र.ना.नि प्रविन आचार्यले लुम्बिनी आवाज डटकमलाई जानकारी दिनु भएको छ।
यसै क्रममा बजारमा रातो पिलेट नम्बरका गाडी अथवा निजि गाडी हरुले भाडामा मान्छे बोक्ने थाहा पाएपछि उक्त रातो पिलेट नम्बर भएको गाडी हरुलाइ प्रहरीको निरन्तरमा लिइएको छ र गाडी हरुलाइ कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्ने बताउनु भएको छ ।