पणेनामा योजना सम्झौता फिल्ड शिविर सम्पन्न (भिडियो, फोटो सहित)
पौष २३ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
पणेना, अर्घाखाँची (व्युरो रिपोर्ट/ अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं १ पणेनाको देउरालीमा योजना सम्झौता फिल्ड शिविर सम्पन्न भएको छ ।
पणेनामा वार्ड कार्यालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को वडास्तरिय संझौता सिविरमा खोप केन्द्र भवन निर्माण,स्यालपाटा वडा कार्यालय मोटरवाटो निर्माण,पखेरा टंकी संरक्षण,नेवार समाज भीमसेनमन्दिर निर्माण,सामुदायिक भवन निर्माण तथा मर्मत,चौड़ेली खानेपानि धारा सिंचाई,शिवालय मंदिर,पारिजात महिला भवन ट्रस्ट निर्माणलगायतका झण्डै ३५ ओटा योजनाको ४० लाख वरावरको योजना सम्झौता भएका कार्यक्रममा पाणिनी गाँउ पालिका वडा नं १ का वडाअध्यक्ष शालिकराम भट्टराई,सदस्य राम प्रसाद पोखरेल,गिता पोखरेल,मीन वहादुर रेस्मी,लक्ष्मी रसाईली,वडा सचिव हरी प्रसादपोखरेल,वडा कार्यालय सहायक नीलराज भट्टराई उपस्थित रहनु भएको थियो ।
विविध योजना संझौता र यसका प्रक्रिया वारेमा पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले स्पष्ट पार्नु भएकोथियो । पाणिनी गाँउ पालिका इन्जीनियर मोहराज पौडेल,अ.ई.रन्जु पोखरेल (साईट ईन्चार्ज),ओवरसीयर सपना न्यौपाने योजनातर्फशोभाखर भुसाल,प्रकाश भट्टराई,माधवराज पोखरेल,चन्द्र वहादुर पेग्नी लगायतका कर्मचारीको उपस्थित रहेको कार्यक्रममा स्थानीयविभिन्न समितीका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
यस्तै पहिलो र दोस्रो प्रत्यक्ष रुपमा वैकमा पुगेर लिनअसमर्थ भएका जेष्ठ नागरिक र अपांग भएका नागरिक लाईं ग्लोबल आईएमआई वैक पोखराथोक कै प्रमुख लील वहादुर सारु सहितकर्मचारी पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । – तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम् ।