अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा यौनजन्य दुर्व्यवहारको विषेश अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची म.बा.बा.तथा जेष्ठ नागरिक से.केन्द्रको आयोजनामा सन्धिखर्कमा यौनजन्य दुर्व्यवहारको विषेश अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कार्यालयका प्र.नि. सुजन शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्र.ना.नि. प्रबिण आचार्य, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, यातायात व्यवसाय समितिका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।