ढिकुराका डेभा, काफले, भगवती, झरना कृषक समूहमा दुई महिने ब्यवसायिक तालीम शुरु (फोटो फिचर)

रुद्रमणी भुसाल 
ढिकुरा, अर्घाखाँची पुस २४  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न ९ ढिकुरामा रहेका भगवती, काफले, डेभा, झरना गरि चारवटा कृषक समूहमा आज देखि दुई महिने कृषक ब्यवसायिक बिकास सम्बन्धि तालीम सुरु भएको छ ।
तालीममा वार्ड नम्बर ९ का अध्यक्ष नारायण खनालले यस्ता खालका तालीम ग्रामीण तहसम्म ल्याउन पहल गर्नु भएकोमा यलि एग्रोभेट र किसान २ परियोजनालाई धन्यवाद दिनुभयो ।
उहाले हावापानी र पानीको राम्रो ब्यवस्था भएकाले  सबैलाई ब्यवसयिक रूपमा कृषि पेसामा लाग्न  आग्रह गर्नु भएको थियोे ।
कार्यक्रममा वडा सदस्य हुमकान्त पौडेल , यलि एग्रो भेटका नेत्र थापा , किसान २ परियोजनाका लक्ष्मण नेपाली कृषक समुहकोतर्फबाट इश्वरि भुसाल ,नुन बहादुर सरु ,लक्षमि भुसाल ,राम प्ररसाद भट्टराई ,गणेश बहुर रायमाझी ,बुद्धि बहादुर भट्टराई ,मान बहादुर रायमाझी ,पत्रकार रुद्रमणी भुसाल ,लगायतले मन्तब्री राख्नु भएको थियोे ,दुई महिने तालीमको प्रतिमा पाण्डे ,सरिता गैरे र निसा खडकाले सहजिकरण गर्नु हुनेछ । 
चार समुहमा गरि १ सय जनाको सहभागीता रहेको छ । तालिम को उदघाटन सत्रको संचालन किसान २ परियोजनाका लक्षमण नेपालिले गर्नु भएको थियोे ।