गणेश खनाल
खनदह, अर्घाखाँची । नेकपा स्थायि कमिटी सदस्य तथा उर्जा मन्त्रि टाेपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीलाई सडक पुर्याउने सपना पूरा नभएकाे बताउनुभयाे ।
प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्याउने उदेश्यले पुष्पकमल दाहाल र माधव नेपालले डिजाईन गरेपनि प्रधानमन्त्री वलिले तुहाईदिएकाे बताउनुभयाे ।
सघिय गणतन्त्र धराप पार्ने गरि प्रचण्ड,माधवले राज्य सरकार विहिन बनाई अस्थिर बनाई देशलाई अराजकता तर्फ लग्न खाेजेपछि देश जाेगाउन ससद विघटन गरी जनता सग जाने गरि प्रधानमन्त्री वलिले निर्वाचनमा जाने निर्णय गरेकाे दावि गर्नुभयो ।
प्रचण्डले विधि सिस्टम भन्दा टिके प्रथा चलाएर पार्टी चलाएका कारण माअाेवादी आन्दोलन विघटन गरेकाे आराेप लगाउनुभयाे । प्रचन्डले दाहाल कम्पनी चलाएर आफनाे फेराे समाउनेलाई मात्र पद,जिम्मेवारी दिने प्रचलनले ईमान्दार कार्यकताले उहाँलाई छाेड्दै गईरहेकाे बताउनुभयाे ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीकाे गाउँपालिका स्त्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम शनिवार बाेल्दै रायमाझी विकास र समृद्धि युगमा प्रवेश गरिरहेकाे बेला दुईतिहारकाे सरकारबाट जनताकाे पक्षमा काम गर्ने बेला प्रचन्ड,नेपालले बखेडा झिकेर काम गर्न नदिई प्रधानमन्त्री विरूद्व अविश्वास प्रस्ताव लिएपछि वलिले ससद विघटन गरेकाे बताउनुभयाे । पार्टी एकता गर्दा भएका ५ बुदेमा प्रचन्ड,माधव,झलनाथ उल्लगन गर्दै पार्टी विभाजन समेत गर्ने हद सम्म पुगेकाे जिकिर गर्नुभयाे ।
नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण अार्चायले भारतका निर्देशन प्रचण्ड,माधव,झलनाथले पार्टी विभाजन गरेकाे आराेप लगाउनुभयाे । आफनै पार्टीका प्रधानमन्त्रीलाई अविश्वासकाे प्रस्ताव पार्टी अध्यक्ष वलिलाई जानकारी नदिई विशेष अधिवेशन बाेलाउन राष्टपति कहाँ गएपछि प्रधानवलि वलिले ससद विघटन गर्न बाध्य भएकाे जिकिर गर्नुभयाे । जिल्लाभर उत्साह जनक सहभागीले आफुहरूलाई थप उत्साहित भएकाे आचार्यले बताउनुभयाे ।
केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य रामजि प्रसाद घिमिरेले प्रचन्ड र माधव नेपालले पार्टीलाई बलियाे बनाउन कहिल्यै नसाेचेकाे खालि पद मात्र खाेजेकाे भन्दै पार्टी अध्यक्ष बन्न नेपाल,प्रधानमन्त्री बन्न प्रचन्ड,झलनाथले राष्टपति बन्ने जालमात्र बुनेकाे बताउनुभयाे ।
जिल्लामा ९० प्रतिशत पार्टि कार्यकता आफनाे पार्टीमा रहेकाे दावि गर्नुभयाे । जनताकाे उत्साहजनक सहभागीताले त्यसकाे सकेत गरेकाे बताउनुभयाे ।
कार्यक्रम गाउपालिका अध्यक्ष सालिकराम आचार्यकाे अध्यक्षता,जिल्ला कार्यलय सचिव लिला विककाे सञ्चालन ,जिल्ला कमिटी सदस्य तथा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यकाे स्वागत मन्तव्य कार्यक्रम सम्पन्न भएकाे हाे ।