ढिकुराको टोडेयार गाउँमा बाटो पुग्यो, स्थानियबासीमा खुसीयाली (फोटो सहित)

रामु केसी 
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ९ साबिकको ढिकुरा -१ टोडेयारमा सडक मार्ग निर्माण गरिएको छ ।
गच्छे भालुवाङ सडक पर्ने सो गाउँमा गाउँ भित्रको लागि बाटो नहुदा गाउँ नै बत्ती मुनिको अँध्यारो भएपछि सो सडक निर्माण गरिएको छ । गाउँमा बाटोको सुबिधा नभएपछि सरसामान ओसार पसार गर्न, बिरामी पर्दा, हिडडुल गर्न, आफ्ना सवारी साधनलाई आफ्नै घरमा पार्किङ गर्न नपाउदा समस्या भएको थियो । 
“बाटो नहुदा अत्यन्तै दुख भएको र बाटो बनेपछि सबैलाई सुबिधा भएको” स्थानीय जिवनारायण भट्टराई बताउनुहुन्छ । बिगतमा पटक पटक सो बाटो बनाउन पहल भएतापनि बिबिध कारणले निर्माण हुन सकेको थिएन । यो पटक भने स्थानिय युवा समाज सेवी बल बहादुर के. सी. ( किशोर)को विशेष पहल एवं भुवन के.सी. , खिमराज चुदाली र भुमिकास्थान नगरपालिका वार्ड न. ९ का वार्ड अध्यक्ष नारायण खनालको सहयोगमा सो काम सम्पन्न भएको छ ।
सबैको घर आगनमा सुबिधा हुने गरि बाटो निर्माण भएपछि गाउँलेहरुमा खुसीयाली छ ।