अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न. ६ हंसपुरमा प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हंसपुर कमिटीले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मालारानी गाउँ कमिटी अन्तरगत वार्ड न. ६ को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम हंसपुरमा सम्पन्न भएको हो ।
नेकपा का प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक (किशोर ) को प्रमुख आतिथ्यता मा शुरु बैठक मा जिल्ला कार्यलय सदस्य राजेन्द्र भुसाल जिल्ला कमिटी सदस्य पदम क्षेत्री जिल्ला कमिटी सदस्य सुमित्रा मुखिया लगायत को उपस्थिति रहेको थियो ।
वार्ड कमिटीका अध्यक्ष उदय बहादुर थापाको अध्यक्षता मा संचालित बैठक लाई उदय बहादुर पुन ले स्वागत गरेका थिए भने कार्यक्रम को संचालन बिष्णु पुनले गरेका हुन ।
बैठक ले प्रधानमन्त्री केपि शर्मा ओलि ले असंबैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको मा खेद प्रस्ताव पारित गर्दै असंबैधानीक कदम को विरुद्ध पार्टी केन्द्र ले तय गरेको आन्दोलनमा एक्यवद्धता जाहेर गर्दै प्रतिगमन को विरुद्ध जस्तो सुकै आन्दोलन को लागि तयार रहने लगायत का निर्णयहरु गरेको वडा कमिटी का अध्यक्ष उदम बहादुर थापाले बताएका छन।