ठाडामा श्री बराह बचत तथा ऋण सहकारीको १८ औं साधारणसभा तथा ९ औ अधिबेशन सम्पन्न

सचिन बोहोरा 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा रहेको श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिबेशन सम्पन्न भएको छ ।
 श्री बराह बचत तथा ऋण सहकारी सस्था लि. को १८ औं साधारणसभा तथा ९ औ अधिबेशन ठाडामा शनिबार सप्पन्न भएको छ ।
संस्थामा कुल १ करोड ५६ लाख ७६ हजार २ सय १६ को आय ब्यय बिबरण सहित लेखा  परिक्षण प्रतिबेदन  सस्थाकी ब्यबस्थापक धना अधिकारिले प्रस्तुत गर्नुभएको थियो। 
संस्थाले  देबिकला बोहोरा , दमन्ता नेपाली र यमलाल पौडेक लाई असम बचत कर्ताको रुममा सम्मान गरेको थियो । 
२०५८ साल मा २५ जना सेयर सदस्य बाट सुरु भएको सस्था अहिले ४७७ जना रहेका छन । कार्यक्रम अध्यक्ष मधु अधिकारिको अध्यक्षयता र जेष्ठ  सदस्य दण्डपानी बेल्बासेको प्रमुख आतिथ्य र सचिब कृष्ण अधिकारी को संचालन मा सप्पन्न भएको थियो । साधारण सभा ले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्ष : मधु अधिकारी उपाध्यक्ष : सरिता रास्कोटी ल काेषाधक्ष्य : पोमा पौडेल सचिब : कृष्ण अधिकारी सदस्य : सचिन बोहोरा सदस्य : तुल्सिराम पौडेल सदस्य : सरस्वती सारु सदस्य : भारती क्षेत्री सदस्य : भुवानन्द भुसाल सदस्य : रमेश बेल्वासे सदस्य : यमलाल पौडेल रहेका छन् । 

अन्य समाचारहरु