पाणिनीको दुर्गाफाँटमा बिधुत सब स्टेसनको उद्घाटन (फोटो फिचर)

२०७७ पौष २३, विहीवारमा प्रकासित

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट । पौष २३, विहीवार अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ दुर्गाफाँटमा नवनिर्मित ३३/११ केभी को सवस्टेशन पौष २३ गते उर्जामन्त्रिटोप वहादुर रायमाझीद्धारा उद्घाटन भएको छ । अर्घाखाँची वितरण केन्द्र प्रमुख किरण खनालका अनुसार आयोजना अन्तर्गत निर्माणभएको मथुराबेंसीदेखि दुर्गाफाँटसम्म १५ किलोमिटर प्रसारण लाइनबाट सबस्टेसन चार्ज गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको औपचारिक  उद्घाटन समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि उद्घाटनकार्यक्रममा सहभागी थिए । सबस्टेसनबाट ३ वटा ११ केभी वितरण लाइन सञ्चालन गरिएका पनि छ । सबस्टेसनमा ३ एमभिएक्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ । भर्खरै निर्माण सकिएका सबस्टेसनमा सन्धिखर्क सबस्टेसनको बढी भएको लोड सारेर आपूर्ति व्यवस्था मिलाइएको छ ।
यसअघि दुर्गाफाँट क्षेत्रमा सन्धिखर्क सबस्टेसनबाट आउने ११ केभी फिडरमार्फत विद्युत वितरण हुँदै आएको थियो । वितरण लाइन धेरैलामो हुँदा प्राविधिक चुहावटको समस्या थियो ।
कार्यक्रममा अर्घाखाँची जिल्लादेखी निर्वाचित प्रदेशसभा सदस्य चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, बिधुत प्राधिकरणकाकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी बिस्नु पौडेल, अर्घाखाँचीवितरण केन्द्र प्रमुख किरण खनाल, बिधुत प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख,गुल्मी,पाल्पा,अर्घाखाँचीका बिधुत कार्यलयकाकेन्द्र प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।
नेपाल विद्युत प्राधिकरणले अर्घाखाँचीस्थित ३३/११ केभी दुर्गाफाँट सबस्टेसन चार्ज गरेको छ । प्राधिकरण आयोजना व्यवस्थापननिर्देशनालयको वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्माण भएको सबस्टेसन बिहीबार लोड दिएर चार्ज गरिएको हो । दुर्गाफाँटमा सन्धिखर्क सबस्टेसनको लोड सारेपछि वितरण प्रणालीको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । सबस्टेसन र प्रसारणलाइन १२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो । सबस्टेसन र लाइन त्रिपुरेश्वर जयदूर्गे जेभीले निर्माण गरेको हो ।
पाणिनी गाँउपालिका स्थित दुर्गाफाँट सबस्टेसन र वितरण लाइन वितरण प्रणाली सुदृढिकरण आयोजनाका १२ वटा प्याकेजमध्येको९औं आयोजना हो । यस प्रकार ३ आयोजना निर्माणाधीन छन् । निर्माण कार्य सम्पन्न गरि सफल उद्धाटन गराउन पाउदा सफलता प्राप्तगरिएको भहसुस भएको सव स्टेशनका ईन्चार्ज अच्युत अर्यालले वताउनु भएको छ । पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतमलेसिलन्यास र उद्धाटन भन्दा दिगो टिकाउ र प्रभावकारी तवरले विद्युत सेवा प्रवाह गर्न आवश्यक रहेको मन्तव्य राख्नु भयो । सवस्टेशनको औपचारिक समुदघाटन कार्यक्रममा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले दुर्गाफाँटमा निर्माण भएको सवस्टेशनले विद्युतसमस्या समाधान हुने अपेक्षा गरिएको मन्तव्य दिनु भएको थियो । यस्तै प्रमुख अथितीको मन्तव्य राख्दै उर्जामन्त्री टोप वहादुर रायमाझीलेदेशमा लोड सेडींगको अन्त्य गर्दै विद्युत सेवालाई प्रभावकारी वनाउने कार्यमा लाग्न आफ्नो मन्त्रालय प्रतिवद्द रहेको वताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु