पालीमा योजना सम्झौता शिविर सम्पन्न (भिडियो, फोटो सहित)
पौष २६ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
पाली, अर्घाखाँची अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट । पाणिनी गाँउपालिका वडा नं ८ पालीको वडा कार्यालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को वडास्तरिय संझौता सिविरमा कार्यक्रममा देउराली खोप केन्द्रनिर्माण,एक्लेखेत कुरुले कुलों निर्माण,कोट मन्दिर ग्राउंड तथा ट्र्स्ट निर्माण,कुसुन्डे आरुपाटा मोटरवाटो निर्माण,खगडी प्रतीक्षालयमर्मत,वलेघाट आधारभूत विद्यालय वाल निर्माण,वलेघाट खानेपानी मर्मत तथा निर्माण लगायतका २९ लाख ५० हज़ार वरावरको २९ओटा योजना सम्झौता भएका छन ।
पाणिनी गाँउ पालिका वार्ड नं ८ का वडाअध्यक्ष मिनराज आत्रेयको अध्यक्षता,पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतमको प्रमुखआथित्यता,पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे विशिष्ट आथित्यता रहनु भएको कार्यक्रममा पाणिनीगाँउ पालिका वडा नं ८ का वडा सदस्य कौशर अली,यावाज मोहम्मद मीया,सुस्मा परियार,माया घिमिरे,पाणिनी गाँउ कार्य पालिकासदस्य ओमप्रकाश विक,पाणिनी गाँउ पालिका वडा नं ८ वडा सचिव कमल प्रसाद न्यौपाने,वडा कार्यालय सहायक मान वहादुरपाण्डे,कृषि प्रविधिक निर्मला पोखरेल,पाणिनी गाँउ पालिका इन्जीनियर मोहराज पौडेल,पाणिनी गाँउ पालिका योजना ईकाई प्रमुखशोभाखर भुसाल, प्रकाश भट्टराई, प्रविधीक ओमप्रकाश कहार,पाणिनी गाँउ पालिका कृषि प्राविधिक केशव मरासीनीलगायतका उपस्थित रहेको कार्यक्रममा स्थानीय विभिन्न योजना समितीका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता थियो ।
ग्लोबल आईएमआई वैक पोखराथोकका कर्मचारी वडामै पुगेर योजनाको खाता खोली नागरिकलाई सहजता गराउने उद्देश्यले खाता खोल्ने कामसमेत गरिएको थियो । – तस्वीर शालिकराम गौतम/अर्घाखाँची डटकम् ।