अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको ठाडाखाेलामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले विस्तारित बैठक आयोजना गरेको छ ।
सिद्धाराको ठाडाखाेलामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धारा कमिटीले शनिबार विस्तारित बैठक आयोजना गरेको छ ।
वडा भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा अर्घाखाँचीका जिल्ला कमिटी सदस्य भिम बहादुर केसीले कार्यक्रमलाइ सम्बाेधन गर्दै संगठनका विचारलाइ जनता सामु पुराउन वडाका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएकाे छ । जनताका जनजिविकाका सवालमा प्रत्यक्ष सरोकार राख्ने विषयमा सबै पार्टी पंक्ती एक भएर सहयोगमा लाग्नका साथै अन्यायका विरुद्ध उत्रिन समेत अनुरोध गर्नुभयो । उहाँले विकासका योजनाहरु ल्याई नेकपाको सरकार जनताको सरकार भएको अनुभुती दिलाउने गरि सम्बन्धीत सरोकारवाला लाग्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
वडा भेला तथा प्रशिक्षण कार्यक्रम वडा कमिटि अध्यक्ष पदम केसीकाे अध्यक्षतामा भएको थियो । कार्यक्रममा अाेकिल रानाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन चुमान परिवारले गर्नुभएको थियो ।
भेलाले पार्टीका गतिविधिहरुलाई शसक्त बनाउने निर्णय समेत गरेको छ । भेलामा नेकपाका स्थानिय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूकाे उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।