पाणिनीको दुर्गाफाँटमा जलवायु परिवर्तन र विपत व्यवस्थापना सम्बन्धी एकदिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न (फोटो सहित)
पौष २७ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची डटकम् । व्युरो रिपोर्ट । स्थानीय विपद तथा जलवायुउत्थानसील योजना र विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धकार्यशाला गोष्ठी पाणिनी गाँउपालिकामा सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय को “विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणनिर्देशिका २०७६” र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को“स्थानीय विपद तथा जलवायु उत्थानसील योजना निर्माण निर्देशिका २०७४”वमोजिम स्थानीय विपद व्यावस्थापन समिती तथा विषयगत समिती तथाविभिन्न शाखा का प्रतिनिधि हरु सँग विपद जोखिम सम्बन्धि एक दिनेअन्तरक्रिया तथा विपद व्यावस्थापन योजना को लागी तथ्यांक संकलन गर्नेकाम सम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका स्थित सरोकारवालाको उपस्थितीमा सुचना संकलन तथाजानकारी दिने उद्देश्यले आयोजित कार्यक्रम पाणिनी गाँउ पालिकामा आयोजनागरिएको थियो ।
पाणिनी गाँउ पालिका द्वारा आयोजना गरिएको कार्यक्रममापाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतमको अध्यक्षता,पाणिनी गाँउ पालिकाविपद संपर्क व्याक्ति ईन्दिरा भुसालको संचालन र पाणिनी गाँउ पालिका सामाजिक विकास इकाई प्रमुख कमल कान्त खनालको स्वागत मन्तव्यमा भएको कार्यक्रममा आरम्भ कनसल्टिंग प्रालीका विपद जोखिम न्युनीकरण तथा व्यावस्थापन र जलवायुपरिवर्तन सम्बन्धित स्रोत व्याक्ति विजय सिंह ठाकुरीले सहजिकरण गर्नु भएको थियो । –तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।