सिद्धाराको बराह दहमा यस वर्ष माघे संक्रान्ति मेला नहुने

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड  नं. ९ सिद्धाराको बराह दहमा यस वर्ष माघ १ गते माघे संक्रान्ति मेला नहुने भएको छ ।
सिद्धारा स्थित जिल्लामै गोही पाईने एक मात्र बराह दहमा यस वर्ष माघ १ गते माघे संक्रान्ति मेलामा कुनै औपचारिक कार्यक्रम नहुने भएको हो ।
बराह दहमा  माघ १ गते मकर मेलामा विभिन्न औपचारिक कार्यक्रम गरिँदै आएकोमा यो बर्ष भने कोरोना महामारीका कारण कुनै कार्यक्रम नगरिने  वडाअध्यक्ष भिम बहादुर केसीले जानकारी दिनुभयो ।  
यस बर्ष विगतका बर्ष जस्तो कुनै कार्यक्रम नराखिएको भए पनि स्वस्फुर्त रुपमा गएर पूजा पाठ गर्न भने रोक नलगाइएको बताइएको छ ।  मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म गर्न सकिने बताइएको छ । 
जिल्लामा एक मात्र गोही पाइने तथा गौरवमय धार्मिक इतिहास बोकेको अर्घाखाँचीको बराह दहमा माघे संक्रान्तिका दिने बिहानै देखि पुजा गर्ने भक्तजनहरु घुईचो लाग्ने गर्दछ । भाकल गरेको मनोकांक्षा पुरा हुने विश्वास गरिदै आएको छ ।

अन्य समाचारहरु