चुत्राबेसीको शिद्धेश्वर शिवालय मन्दिरमा सशस्त्र प्रहरी बल गुल्मद्धारा सरसफाई र सहयोग बितरण

श्याम घिमिरे 
चुत्राबेसी, अर्घाखाँची पौष, २८ – सशस्त्र प्रहरी बल नेपाल नं.३६ गुल्मले चुत्राबेसीमा रहेको शिद्धेश्वर शिवालय मन्दीर परीषर्मा सरसफाई तथा खाद्य सामाग्री बितरण गरेको छ । 
२० औं सशस्त्र प्रहरी दिवसको अबसरमा सन्धिखर्कमा रहेको नं.३६ गुल्मले मंगलवार बिहान एक कार्यक्रमको आयोजना गरी मन्दीर परीषर्मा सरसफाई तथा शिद्धेश्वर आश्रमलाई चामल,दाल,तेल लगायतका खाद्य सामाग्री बितरण गरेको गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनले बताउनुभयो । झण्डै ५० जना सक्कल दर्जाहरुको सहभागीतामा मन्दीर परिषर्मा सरसफाई गरीएको सशस्त्र प्रहरी निरीक्षक काजी लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद खनाल,सचिब कृष्णप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलले देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदे सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगायतका क्षेत्रहरुमा काम गरीरहेको छ । अर्घाखाँचीमा २०७५ सालमा गुल्मको स्थापना भएको हो ।