हंसपुरको श्री सिद्धार्थ मावि रतनमारेमा ओली नेकपा निकट अनेरास्ववियू प्रारम्भिक कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न. ६ हंसपुरको रतनमारेमा रहेको श्री सिद्धार्थ माविमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू प्रारम्भिक कमिटी गठन भएको छ । 
हंसपुरको रतनमारेमा रहेको श्री सिद्धार्थ माविमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू प्रारम्भिक कमिटी गठन भएको हो । 
अनेरास्ववियू प्रारम्भिक कमिटी गठन कार्य कक्षा ११ र १२ मा अध्ययनरत बिद्धार्थी साथीहरूको बिचमा सम्पन्न भएको छ । अनेरास्ववियू केन्द्रिय सदस्य कमरेड अर्जुन खनालको प्रमुख आतिथ्यमा तथा अनेरास्ववियू मालारानी सम्योजक बिष्णु चौहानको अध्यक्षतामा सह संयाेजक दीप चन्द्र भुसालकाे सञ्चालनमा भएको कार्यक्रममा अनिल पान्डेको नेतृत्वमा ५३ सदस्यीय कमिटी गठन गरेको छ ।