अर्घाखाँचीडट्कम संवाददाता
अमराइ बजार, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाको अमराइ बजारमा नागरिक अयोग्य सेवा केन्द्रको शुभारम्भ गरिएकाे छ ।
ठाडाको अमराइ बजारमा आज बुधवार नागरिक अयोग्य सेवा केन्द्रको शुभारम्भ गरिएकाे हो ।
नागरिक अयोग्य सेवा केन्द्रको नगर प्रमुख सुर्य अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
केन्द्रमा यस अघि प्रत्येक महिनाको ५ गते मात्र सेवा गरिएको थियो । अबदेखि सार्वजनिक विदा बाहेक नियमित आयुर्वेद औषधि तथा स्वास्थ्य परीक्षण निशुल्क प्रदान गरिने भएको छ ।