सन्धिखर्कको भगवती मावि कुर शंखेटारीमा ओली पक्ष अनेरास्ववियूकाे मावि कमिटी गठन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.२ रहेको श्री भगवती मावि कुर शंखेटारीमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू मावि  कमिटी गठन भएको छ । 
अनेरास्ववियू मावि कमिटी गठन कार्य कक्षा ११ र १२ मा अध्ययनरत बिद्धार्थी बिचमा सम्पन्न भएको हो।
अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य प्रदिप नेपालीकाे प्रमुख आतिथ्यमा, केन्द्रय सदस्य नारायण भुसालकाे विशेष अतिथ्यता , अनेरास्ववियू जिल्ला कमिटी सदस्य नवीन खड्कका काे  सञ्चालनमा भएको कार्यक्रममा माेहन भुसालकाे अध्यक्षतामा ९१ सदस्यीय कमिटी गठन गरेको छ । 
जस्काे उपाध्यक्ष , सचिव, सहसचिव,काेषध्यक्ष क्रमश बसन्ति बुढा मगर, अविशेक पाैडेल, लक्ष्मी नेपाली ,सागर गैरे चयन गरेकाे छ।