अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा रहेको श्री कालिका नेरा माध्यमिक विद्यालयमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूको कमिटी गठन भएको छ ।
खनको श्री कालिका नेरा माध्यमिक विद्यालयमा लेखनाथ बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको हो ।
कार्यक्रम अनेरास्ववियु केन्द्रीय सदस्य अर्जुन खनालको प्रमुख आथित्यता, नेकपा मालारानी -४ का अध्यक्ष खिमानन्द खनालको बिशिस्ट आतिथ्यता तथा नेकपा वडा कमिटी सदस्यहरु रिशिराम पोखरेल,बलाराम भुसाल अनेरास्ववियु जिल्ला सचिवालय सदस्य प्रसान्त खनालको आतिथ्यता जिल्ला सचिवालय सदस्य तथा मालारानी संयोजक बिष्णु चौहानको अध्यक्षता तथा जिल्ला सदस्य पबित्रा घिमिरेको संचालनमा संपन्न भएको थियो।