सन्धिखर्कमा ओली पक्षको नेकपाले माघ ३ गते बृहत् भेला गर्ने, ३० हजार बढी कार्यकर्ता उतार्ने तयारी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ३ गते बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। 
सन्धिखर्कको टुडिखेलमा ओली पक्षको नेकपाले आगामी माघ ३ गते बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । 
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्राेत तथा सिंचाई टाेप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकार शंकर पाेख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतको उपस्थिती रहने छ । 
सो पार्टीको जिल्ला कमिटीका केही सदस्यहरुले दाबी गरे अनुसार उक्त दिन ३० हजार बढी कार्यकर्ताहरु सन्धिखर्कमा उतार्ने योजना बनाइएको छ । साथै उक्त दिन प्रचण्ड–नेपाल समूहमा लागेका जिल्ला तहका नेताहरुलाई फिर्ता ल्याउन पहल भईरहेको बताइएको छ ।