अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ।
प्रचण्ड–नेपाल समूहको नेकपा निकट अनेरास्ववियूको पाणिनी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ। भेलाबाट सागर भुसाल को अध्यक्षतामा ६२ सदस्यीय समिति गठन गरिएको छ।
कार्यक्रमको प्रमुख अथिति अनेरास्ववियू अर्घाखाँची जिल्ला संयाेजक लक्ष्मण खड्काले बिद्यार्थी आन्दोलनले हरेक कालखण्डमा महत्वपूर्ण भूमिका खेलेको हुनाले यस पालि पनि सरकारले ससद विगठन लाइ पुर्नस्थापना गर्नको लागि आन्दोलन गर्नुको विकल्प नभएकाे बताउनु भएकाे छ ।
यस्तै अथितिहरु प्रकाश भट्टराई, बसन्त कुमार बि. क, बाबुराम रसाईली , नबिन रसाईली , मनिषा जि सी र निर्मला राना मगर लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम संचालन अनेरास्ववियू नेता सुदिप खनालले गर्नु भएकाे थियो।