सन्धिखर्कको तुम्कोटमा एक युवाले आमाको हत्या गरे

बिष्णु कुमार आले / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची, माघ १ गते (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वर्ड नम्बर १ को तुम्कोटमा एक युवाले कुट्पिट गरेर आफ्नै आमाको हत्या गरेका छन् । 
सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारी नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन् । 
अध्यधिक मदिरा सेवन गरी बुधवार साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरी निरिक्षक रामनारायण गुप्ताले जानाकारी दिनुभयो।
 गुप्ताले बताए अनुसार बुधबार साँझ सँगै बसेको कान्छो छोरो मासु लिएर आउँछु, मासु पकाएर मात्रै खाना खाउँला भनेर मासु लिन बजार गएको छोरो माधक पदार्थ सेवन गरी घर फर्किएका थिए। घर फर्किंदा घरमा रहेका बुवाआमालाई किन खाना नपकाएको भन्दै धम्काएर  खाना नपकाएको निहुँमा छोरो बिमलले घरेलु हतियारले कुटपिट गर्दा आमाको ज्यान गएको हो।  
६१ वर्षीय पितालाई पनि अभियुक्त कान्छो छोराले प्लाष्टिकको पाईपले ३ ४ पटक हानेपछि उनी ज्यान बचाउन बाहिर भागेका थिए। मृतक हिरा कुमारी सार्की र उनका श्रीमान कमलबहादुर सार्कीका २ वटा छोरीको विवाह भएर पराई घर गइसकेका छन् भने जेठा छोरा बुहारी कामको सिलसिलामा विराटनगर बस्दै आएको र अभियुक्त  कान्छो छोरो बिमल बाबू आमा  सँगै बस्दै आएको थियो।   
बुधबार राति घटना भएको जानकारी पाउनेबित्तिकै  जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीको नेतृत्वको प्रहरी  टोली घटनास्थल पुगेको थियो। 
हत्या आरोपित विमललाई  नियन्त्रणमा  लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।