ढिकुराको गवदेका एक मृगौला पीडित युवाको उपचारको लागि आर्थिक समस्या

अर्घाखाँचीडट्कम संवाददाता  
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको गवदेका एक मृगौला पीडित युवाको उपचारको लागि आर्थिक समस्या परेको छ । 
ढिकुराको गवदेका मृगौला पीडित ३५ वर्षिय बिष्णु प्रसाद घिमिरेको उपचारको लागि आर्थिक समस्या परेको हो । 
उनको अहिले काठमाण्डौको केएम्सी हस्पिटलमा उपचार भईरहेको छ ।   मृगौला प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले परिवार चितिन्त रहेको छ । 
कसैले सहयोग गर्न चाहेमा प्रेमनारायण आचार्य- ९८५७०२९४६७ लक्ष्मण घिमिरे- ९८५७०६३८८२ मा संपर्क गर्न सकिने बताइएको छ ।