अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा नेपाली कांग्रेसकाे बिराेध प्रदर्शन सम्पन्न भएको छ ।
कांग्रेस नगर कार्यसमितीको आयोजनामा प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध बिरोधमा ठाडामा आज बुधवार नेपाली कांग्रेसले बिराेध प्रदर्शन सम्पन्न गरेको हो ।
शितगंगा नगरपालिकाको ठाडामा भएको बिरोध प्रदर्शन कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले लामो संघ्रष पछि प्राप्त भएको लोकतन्त्रनै समाप्त पार्ने खेलमा नेकपा लागेको बताउनु भएको छ । उहाँले लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य तथा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी, दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र बिक, महाधिबेसन प्रतिनिध डाक्टर मुक्ति श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रकाशन तथा प्रचार प्रसार विभागका प्रमुख माधब प्रसाद पौडेल, जिल्ला सदस्य हेमन्त बेल्वासे, कुमार केसव सिंह, चन्द्र बेल्वासे, हिम्मत पोख्रेल, नुनबहादुर विसी, मिना पौडेल, राजेन्द्र केसी, प्रदिप घम लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा छाडी ९७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । नव प्रबेसीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल र शितगंगा नगर प्रमुख सुर्य अधिकारी लगायतले टिका र साधारण सदस्य प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।
कार्यक्रम नेपाली कांग्रेस शितगंगा नगर सभापति मोती वेल्वासेको अध्यक्षता र सुमन्त पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।