अर्घाखाँचीमा पहिला पहिला टोपे जस्तो होलास भन्नेले अचेल टोपबहादुर जस्तो बन्न आशिर्वाद दिन्छन्

केशबराज ज्ञवाली

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  उर्जा मन्त्री टोपबहादुर रायमाझीले सबै आन्दोलनमा गए देशको बिकास गर्ने कोहि नहुने अबस्था आउन नदिन आफूहरु ओली पक्ष तिर लागेको संकेत गरे ।
ओली पक्षको ने . क . पा .  अर्घाखाँचीले सन्धिखर्कमा गरेको अगुवा कार्यकता भेलामा आफ्नो प्रसंशा गर्दै रायमाझिले पहिला पहिला टोपे जस्तो होलास भन्ने हरुले आजकाल बच्चाहरुलाइ धेरै पढेर टोपबहादुर जस्तो हुनु भनेर अभिभाबकहरुले भन्ने गरेको  बताए । उनले सत्ता र शक्तिको लोभमा दाहाल नेपाल समूह गुटबन्दिमा लागेको आरोप लगाए
यस्तै संघीय सरकारका खानेपानी मन्त्री मणि थापाले  माओको बिचार आत्मसाथ नगर्ने हरुले लिगेसिको कुरा गर्न नसुहाउने बताए।
पुर्ब माओबादी र पुर्ब एमाले भन्नुनै गलत भएको पनि मन्त्री थापाले औल्याएका छन । एकता पछि सबै नेकपा भै सकेको भन्दै उनले प्रचण्डले पहिलानै माओबादी लिगेसी छोडिसकेको दाबी गर्दै उनले अब लिगेसिको कुरा गर्न लाज लाग्नुपर्ने बताए ।
पुष्पकमल दाहाल प्रचण्डले बिगतमा आफ्नै नेताहरुलाइ गिरफ्तार गराएको स्मरण गर्दै थापाले उनी धोकेबाज भएको आरोप लगाए ।
यस्तै भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले के .पी . ओलिको कारणनै २०७२ मा संविधान घोषणा हुन सकेको बताए । उनले के. पि. ओलि नभएको भए सम्बिधान बन्ने थिएन भन्दै चुनाब पछि संविधान बिरोधी भन्ने सबै आरोपहरु नस्टहुने बताए । दाहाल नेपाल समूह जनताले पाखा लगाइदिए डरले चुनाबमा जान नसकेर आरोप प्रत्यारोपमा उत्रिएको बताए । पुष्पकमल प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने नितिले माधब नेपाल थिलो थिलो भैसकेको पनि उनले बताए ।
प्रचण्डले माधब नेपालकै ढाडमा टेकेर केपि ओलिको टाउकोमा प्रहार गर्न खोजेको तर तर ओलि सक्षम हुनाले केही नभएको बरु त्यो ढाडको टेकाइ सहन नसकेर माधब नेपाल उठ्नै नसक्ने गरि थला परेको उनले स्पस्ट पारे ।
कार्यक्रममा नेकपाका नेता तथा खानेपानी मन्त्री मणी थापा , राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र तोजबहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको हो ।