खनदहमा कांग्रेस मालारानीको बिरोध सभा कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
       
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा नेपाली कांग्रेस मालारानीको आयोजनामा भएको बिरोध सभा कार्यक्रम  सम्पन्न भएको छ । 
कार्यक्रममा नेकपा परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस मालारानीका संयोजक शोभाखर खनालले बताउनु भयो । 
कार्यक्रममा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना, प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री, कांग्रेस जिल्ला सहसचिव इन्सु मिया, महिला संघ क्षेत्रीय सभापति शान्त खनाल, तरुण दलका लिलामणी पोख्रेल लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रम मालारानी संयोजक शोभाखर खनालको सभापतितव, भरत थापाको स्वागत र लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।